
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष प्रशिक्षक २०७८ को अवार्ड नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक फुटबलका अब्दुल्लाह अल्मुताइरीले प्राप्त गरेका छन् ।
अल्मुताइरीले बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमबीच अल्मुताइरीलाई प्रशिक्षकतर्फको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड प्रदान गरियो ।