
आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा आज पनि नेपाली ब्याटर कमजोर देखिएका छन्।
नेपालले तेस्रो विकेट गुमाएको छ। कप्तान रोहितकुमार पौडेल एक रन बनाएर पेभेलियन फर्किएका छन्। त्यसअघि नौ ओभरभित्र नेपालले आफ्नो दुवै ओपनर गुमाएको थियो।
कुशल भुर्तेलको अनुपस्थितिमा ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन्। २६ बल सामना गरेका ज्ञानेन्द्रले ११ रन बनाए। उनले दुई चौका प्रहार गरे।
त्यसअघि पाँचौँ ओभरको दोस्रो बलमा नेपालले आसिफ शेखलाई गुमाएको थियो। १४ बलको सामना गरेका आसिफले ६ रन बनाए।
नेपालले टस जितेर ब्याटिङ रोजेको हो। खेल दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा चलिरहेको छ।