१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २१ आइतबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविमा स्ववियु निर्वाचन : मतदाता नामावली सार्वजनिक

सरस्वती क्याम्पसमा तीन हजार चार सय ५३ मतदाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १८:o७:oo

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार मतदाता नामावली सार्वजनिक भएको छ। त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा नामावली सार्वजनिक गरेको हो। ५ चैतमा मतदानको कार्यतालिका छ।

त्रिविको आंगिक सरस्वती बहुमुखी क्याम्पस प्रमुख डा. गोलमान गुरुङले लामो समयपछि हुन लागेको स्ववियु चुनावको माहोल बनेको बताए। उनले भने, ‘संघ संगठन दर्तादेखि आइतबार मतदाता नामावली सार्वजनिक भएको छ, धेरै वर्षको अन्तरालमा हुन लागेको स्ववियु निर्वाचनको वातावरण निर्माणमा जुटिरहेका छौँ। विद्यार्थी संगठन निर्वाचन हुनेमा आश्वस्त छन्। सबै सकारात्मक छन्।’

डा. गोलमान गुरुङ
डा. गोलमान गुरुङ

सरस्वती क्याम्पसमा तीन हजार ४५३ मतदाता
प्रकाशित नामावलीअनुसार स्ववियु निर्वाचनका लागि सरस्वती बहुमुखी क्याम्पसमा तीन हजार चार सय ५३ मतदाता छन्। त्रिविले बनाएको नियमावलीअनुसार सो क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्माण हुनेछ। सो क्याम्पसमा नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियू, अखिल छैठौ, अखिल पाँचौँ, राप्रवियु, अखिल क्रान्तिकारी गरी आठ संगठन दर्ता भएका छन्।

क्याम्पसले विभिन्न समितिसमेत गठन गरेको छ। प्रा.डा. सञ्जय आचार्यको संयोजत्वमा निर्वाचन समिति, डा. कल्पना लुइँटेलको संयोजकत्वमा अनुगमन समिति, रुद्र ज्ञवालीको संयोजकत्वमा आचारसंहिता समिति गठन भएको छ।