
नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनर्स्थापना हुन असम्भव नरहेको प्रस्ट पारेका छन् । आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने जिकिर गर्दै उनले पछाडि फर्कने कुरा सही नहुने बताए । देशमा अधुरा रहेका क्रान्ति सम्पन्न गर्न सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्नेमा उनले जोड दिए ।
‘अहिले हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ । तर, केका निम्ति ? अगाडि बढ्नका निम्ति । नेपालमा अधुरो रहेका सहिदका सपनाहरू पूरा गर्नको निम्ति । सहिदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी क्रान्ति गर्ने कुरा हो,’ उनले भने ।
अझै नयाँ जनवाद सम्पन्न नभएको भन्दै संयोजक बास्तोलाले नयाँ तरिकाले अघि बढ्न पनि एकता आवश्यक रहेको बताए । उनले भने, ‘साथीहरूले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ । यस्तै हुन्छ नयाँ जनवादभित्र ? यस्तो हुँदैन । अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्नेछ ।’