१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सभामुख भन्छन्– मिडियाले महिला सहभागिताको प्रचार गर्न कन्जुस्याइँ गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३९:oo

सभामुख देवराज घिमिरेले महिलाको सहभागिता र सक्रियताअनुसारको प्रचार हुन नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका विचार’ गोष्ठीमा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

संसद् र अन्य संघसंस्थामा पनि महिला सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमले सोअनुसार प्रचारप्रसार नगरेको उनको भनाइ छ । उनले आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदहरूले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमले प्रचार गर्न कन्जुस्याइँ गरेको बताए ।

‘संसदभित्र पनि महिलाको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । सहभागिता पनि छ । तर, जुन किसिमको महिलाको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाले बाहिर प्रचार गर्न सकेको छैन,’ घिमिरेले भने ।

सभामुख घिमिरेले संसदमा महिलाका लागि अस्थायी प्रकृतिका केही संरचना जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद् सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेन्ड्ली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको उल्लेख गरे । सञ्चारमाध्यमहले संसद्को विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको उनको गुनासो छ ।

ad
ad