१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १८ बिहीबार १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधवपछि रवि र राजेन्द्रसँग भेटेर मत माग्दै नेम्वाङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार १३:३५:oo

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आजै रवि लामिछाने र राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्ने भएका छन्। 

नेम्वाङ भोट माग्दै बिहीबार बिहान नेकपा एकीकृत समाजवादीको कार्यालय आलाेकनगर पुगेका थिए। 

नेम्वाङसहितको एमाले नेताको टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतालाई भेटेर राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेकाे थियाे। 

नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई  सहभागी छन्। 

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा  छलफलमा सहभागी थिए।