
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित सेयरमा सर्वसाधारण लगानीकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एन पी आइआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।