१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १६ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्गा प्रसाईंले राजसंस्था माग्दै पूर्वराजालाई सडकमा उतार्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १६:२o:oo

व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना  गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। 

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनर्स्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिए। उनले आफ्ना यी माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए। 

आन्दोलनमा आफूले ०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको मासिक तलब कम्तीमा एक लाख ५० हजार पुर्‍याउनुपर्नेलगायतका १५ बुँदे माग प्रस्तुत गर्नेसमेत बताए। 

उनले भने, ‘हाम्रा यी माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ। यसमा सहमति जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनुहुन्छ। यो लडाइँ भनेको राष्ट्रका लागि हो, राष्ट्रियताका लागि हो। व्यवस्था बदल्ने लडाइँ हो। हामीले धर्म खोजेको हाे, राजा खोजेको हो।’