
बाजुरामा १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि बडिमालिका नगरपालिकाले जितेको छ । प्रतियोगितामा सबैभन्दा बढी २३ स्वर्णसहित शीर्ष स्थानमा रहँदै बडिमालिकाले उपाधि हात पारेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जानकी बुढाले बताइन् ।
प्रतियोगितामा स्वामी कार्तिक खापर गाउँपालिकाबाहेक जिल्लाका अन्य आठ पालिकाले भाग लिएका थिए । प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो, बुढीनन्दा नगरपालिका तेस्रो र खप्तड छेडेदह गाउँपालिका चौथो भए ।
सुरुका दुई दिन शीर्ष स्थानमा रहेको त्रिवेणी गाउँपालिकाले अन्तिम दिन दुई फाइनल खेल गुमाएपछि दोस्रो स्थानमा सीमित भएको हो । दशरथ माविको खेलमैदानमा आयोजित प्रतियोगिताको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उद्घाटन गरेका थिए ।