१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २o:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वाधारमन्त्रीले गरे भासिएको कमला पुल निरीक्षण [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:२८:oo

पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिराहा धनुषा जोड्ने कमला पुल निर्माणाधीन अवस्थामै भासिएको करिब २० महिना पुग्न लाग्दासमेत पुनःनिर्माणको काम थालिएको छैन। 

तराईको लाइफलाइनको रूपमा लिइने हुलाकी सडकको कमला पुल भासिएपछि स्थानीय बासिन्दाले सास्ती भोगिरहेका बेला उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सोमबार स्थलगत निरीक्षण गरेका छन्। 

उपप्रधानमन्त्री श्रेष्ठले मन्त्री सिराहा नगरपालिका ६ बसबिट्टा र धनुषाको कमला नगरपालिकाअन्तर्गत पर्ने पुलको भासिएको खण्डको निरीक्षण गर्दै ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिलाई तत्काल पुनःनिर्माणको काम थाल्न निर्देशन दिए। 

निरीक्षणपछि कमला पुलमुनि आयोजित संक्षिप्त समारोहलाई सम्बोधन गर्दै उनले तराईको लाइफलाइनको रूपमा रहेको कमला पुल पुनःनिर्माण नहुँदा जनताले ठूलो सास्ती भोग्नुपरिरहेकाले भौतिक पूर्वाधार मन्त्रालयको सिंगो टिम निरीक्षणमा आएको बताए। 

‘राष्ट्रिय गौरवका योजनाहरू गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न छलफलसहित योजना बन्दै छ,’ उनले भने, ‘तत्काल सम्पन्न हुन र गर्न सकिने योजना सम्पन्न गर्न सरकारले हस्तक्षेपकारी भूमिका खेल्ने छ।’ निर्माण व्यवसायीको कारणले जनताले दुःख भोग्नुपरेको खण्डमा योजना सम्पन्न गर्न समय सीमा तोक्ने, त्यसभित्र काम नभए ठेक्कासमेत तोडेर जनतालाई योजना सम्पन्न गरी सुविधा दिने काममा मन्त्रालय जुटिरहेको उनले बताए।

सिराहा र धनुषालाई जोड्ने कमला नदीको पुल ३१ जेठ २०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर २०७१ सम्म निर्माण सम्पन्न गर्ने समय सीमापटक-पटक थप भएको थियो। 

कुल २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल समयमा निर्माण नभएपछि पुल निर्माणको बाँकी काम गरिरहेकै बेला १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पाया जमिनमा भासिएको थियो। 

त्यसको चार महिनापछि ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पायासमेत भासिएको थियो। कुल १२ वटा स्पान र १३ पिलर रहेको पुलको भासिएको खण्डको पुनःनिर्माण नहुँदा सिराहा, सप्तरी, धनुषाका बासिन्दाले सास्ती भोग्दै आएका छन्। 

तस्बिर : मणिलाल विश्वकर्मा/नयाँ पत्रिका 

 

ad
ad