१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Sunday, 11 May, 2025
कमल खत्री म्याग्दी
२o७९ फाल्गुण १४ आइतबार १६:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १६:o४:oo

आठौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ। 

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ७ रजत, ८ कास्य पदक हात पार्दै बेनी नगरपालिका प्रथम हुन सफल भएको हो।

त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र ५ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित मंगला गाउँपालिका तेस्रो हुन सफल भएका छन्।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल पालिकालाई क्रमश ः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ। 

लगातार तीन पटक नै बिजेता बन्न सफल बेनी नगरपालिकाले रनिङ शिल्ड नै पच गरेको छ। प्रतियोगितामा जिल्लाका ६ वटा पालिकामा सम्पन्न विद्यालय तह स्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर), बेनी नगरपालिका मेयर सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले  पदक विजेता खेलाडी र उपाधि बिजेता पालिकालाई पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स तर्फ ४८ पदकमा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै मंगला गाउँपालिकाकी रिक्जना माझीलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ। 

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुमध्येबाट यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ८८ जना खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।