१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ९ मंगलबार १o:११:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० क्रिकेटको ट्रफी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार १o:११:oo

 पाकिस्तानी दूतावासको आयोजनामा हुने आठौँ नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र दूतावासका उपराजदूत उमर अलीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

पूर्वकप्तान खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावान् खेलाडीले मौका पाउने गरेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमा युवा खेलाडीले खेल्ने गरे पनि दूतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको उनले बताए । 

खड्काले पाकिस्तानी दूतावासमा रहेको मैदान नेपालमा भएको मैदानमध्येको सेवासुविधा सम्पन्न मैदान भएको जनाएका छन् । ‘दुवै देशका सरकारबाट दूतावासमा अवस्थित मैदानलाई पूर्ण रूपको मैदानका रूपमा प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराउन आग्रह छ,’ उनले भने । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता १० देखि १८ मार्चसम्म आयोजना हुँदै छ । दूतावासले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।