१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टाटाको इभी लर्निङ सेन्टर र ब्याट्री  मर्मत केन्द्र भ्रमण कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:o३:oo

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘इभी लर्निङ सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरूको भ्रमण सम्पन्न गरेको छ । कार्यक्रममा थापाथलीस्थित टाटाको सोरुमबाट विद्युतीय गाडी (इभी) नैकाप एवं बागडोल पुर्‍याइएको थियो । नैकापमा रहेको सिप्रदीको इभी लर्निङ सेन्टरमा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो ।

नेपाली अटोमोबाइल बजारमा इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खर्चिलो र झन्झटिलो हुने भ्रम रहेकाले उक्त भ्रम चिर्न कार्यक्रमको आयोजना गरिएको  सिप्रदीले जनाएको छ । त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’को अवलोकन गराइएको थियो । अवलोकनका क्रममा विशेषतः इभीको मर्मत–सम्भारका लागि प्रयोग गरिने प्राविधिक पक्षहरूबारे सूचित गारिएको थियो । यसका अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरूपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो ।

 केवल टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दाबी रहेको छ । यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट इभीहरू नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ । यसैगरी, यसले यस्ता गाडीहरूको बजारलाई प्रभावकारी एवं दिगो रूपमा विकास गर्न आवश्यक पूर्वाधार ९जस्तै, चार्जिङ स्टेसन० एवं जनशक्तिको विकास पनि तीव्र गतिमा गरिरहेको बताएको छ । 

ad
ad