१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Sunday, 08 September, 2024
फाइल तस्बिर ।
कमलराज भट्ट काठमाडौं
२o७९ फाल्गुण ७ आइतबार २२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताको बैठक सकियो, राष्ट्रपतिमा सघाउन कांग्रेसको औपचारिक प्रस्ताव

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार २२:३४:oo

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका शीर्ष नेताबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो । 

प्रधानमन्त्रीसँगको भेटवार्ता कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा सहभागी थिए । 

वार्ता राष्ट्रपतिको आसन्न निर्वाचनमा लक्षित थियो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन औपचारिक प्रस्ताव गरिएको कांग्रेसका एक नेताले जानकारी दिए । 

जवाफमा प्रधानमन्त्रीले आफू राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने धारणामा कायम रहेको भन्दै यस विषयमा पार्टीमा औपचारिक छलफल गर्ने बताएका थिए ।