१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार १०:५१:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार १०:५१:००

राष्ट्रपति निर्वाचनलाई लिएर दलहरूको दौडधुपलाई कसरी हेर्नुभएको छ ? 
पछिल्लो समयमा दलहरूबीच शंका र उपशंकाको अवस्था छ । आफूले चाहेको व्यक्ति राष्ट्रपतिमा नआएको अवस्थामा भोलि अप्ठ्यारो पर्नसक्छ भन्ने सबैमा परेको देखिन्छ । त्यसैअनुसार दलहरू आआफ्नो रणनीतिसाथ अगाडि बढेका देखिन्छन् । पहिलेका र वर्तमान दुवै राष्ट्रपतिको भूमिका र अभ्यासलाई हेरेर आफूनिकटका र संविधानअनुकूल चल्ने राष्ट्रपति होस् भन्ने सबैले चाहेको देखिन्छ । 

राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादीको ‘मुभ’ कस्तो हुन सक्छ ?
पहिले नै सभामुख एमालेले पाइसकेको छ । राष्ट्रपति पनि एमालेले नै पाउने अवस्था आएमा आफूसँग केही पनि बाँकी रहँदैन भनेर माओवादी पनि त्रसित देखिन्छ । राज्यका शक्तिशाली प्रमुख पद सबै एमालेको भागमा गएको अवस्थामा प्रधानमन्त्री शक्तिहीन हुने र कदमकदममा एमालेको इसारामा चल्नुपर्ने अवस्था देखेर माओवादीले आफ्नो फरक रणनीति बनाएको हुन सक्छ । कांग्रेसबाट सरकारलाई विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीले राष्ट्रिय सहमति या तटस्थ व्यक्तिको आवश्यकताको नाम दिएर केपी ओलीबाट मुक्ति पाउन खोजेको देखिन्छ ।

राष्ट्रपति निर्वाचनसँगै कस्तो राजनीतिक परिदृश्य बन्ने सम्भावना देख्नुहुन्छ ? 
एमालेले अघि सारेको उम्मेदवार भरसक राष्ट्रपति नहोस् भन्ने दलहरूको रणनीतिले काम गर्ने सम्भावना देखिन्छ । स्वाभाविक रूपमा एमालेले राष्ट्रपति कुनै हालतमा छाड्दिनँ भन्यो भने माओवादीले समर्थन नगर्ने सम्भावना देखिँदै छ । यदि त्यस्तो भयो भने त्यसपछि अहिलेको समीकरणमा फेरबदल हुने बलियो सम्भावना छ ।