१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ५ शुक्रबार १६:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ५ शुक्रबार १६:१७:oo

सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ। फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने गरी फिर्ता लिएको बताइन्। 

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा आठवटा स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने, बर्डफ्लु रोगको नियन्त्रणका क्रममा आ.व. ०७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएको वस्तुहरूका लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने, बिदालाई व्यवस्थित गर्न यसपटक दुईवटा बिदा थपेर गत वर्षकै बिदा दिने, तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि जानकारी गराइन्। 

उनका अनुसार सरकारले ०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औँ सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन जान स्वीकृत दिने, मोरङ जिल्ला साबिक लेटाङ गाविस वडा नम्बर १ को ०४१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साबिक सिद्धिबास गाविस– ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय गरेकाे छ। 

यस्तै, सरकारले ललितपुर जिल्ला साबिक लुभु वडा नम्बर ३ को दुई रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, काठमाडौं जिल्ला साबिक थानकोट गाविस वडा नम्बर २ काे २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्वीकृति दिने निर्णय गरेको छ।
 
प्रवक्ता शर्माले सरकारले नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा इन्जिनियर डा. पदमबहादुर शाही, उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेश्मा श्रेष्ठलाई मनोनयन गरेको बताइन्। 

त्यस्तै, सरकारले २०७९ फागुन ११ देखि १२ सम्म स्विटजरल्यान्डमा हुने पाँचाैँ ग्लोबल मन्त्रिस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने निर्णय गरेको छ।