१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार २३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, भोलि शल्यक्रिया गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार २३:००:००

जलेर गम्भीर घाइते भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको बम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार सुरु भएको छ । 

भोलि बिहान दश बजे उनको पहिलो शल्यक्रिया हुने बताइएको छ । भोलि नै दिउँसो दुई बजे दोस्रो शल्यक्रिया गर्ने तयारी भएको छ । 

भण्डारीको स्वास्थ्य उपचारमा सघाउन मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले भण्डारीको स्वास्थ्यअवस्था स्थिर रहेको चिकित्सकहरूले बताएको जानकारी दिए ।

ग्यास लिक भएर बुधबार राति सवा दश बजे भएको घटनामा सांसद भण्डारी र उनकी आमा जलेर गम्भीर घाइते भएका थिए । 

दुवैलाई छिमेकी, परिवारका सदस्य र सुरक्षाकर्मीले तत्कालै उद्दार गरेर अस्पताल पुर्याएका थिए । प्रस्तावित पुष्पलाल मेडिकल कलेज तथा शिक्षण अस्पताल कीर्तिपुरको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचारको क्रममा आज बिहान आमा हरिकलाको ज्यान गएको थियो । 

सांसद भण्डारीलाई भने दिउँसो २ बजे श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट थप उपचारका लागि मुम्बई लगिएको थियो ।