Skip This
बालाजुमा आगजनी र लुटपाटमा संलग्न थप १२ पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ४ बिहीबार ११:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालाजुमा आगजनी र लुटपाटमा संलग्न थप १२ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार ११:४३:oo

बालाजुमा आगजनी र लुटपाटमा संलग्न थप १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीमा संलग्न तीन र आगजनीमा संलग्न नौजनालाई पक्राउ गरेको हो ।

जरङ्खु बस्ने काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर (सहचालक), तारकेश्वर बस्ने उदयपुर चौदण्डीका ३० वर्षीय रितेश बस्नेत र तारकेश्वर नै बस्ने मोरङ बेलबारी–४ का ३० वर्षीय यमन राई चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । त्यसैगरी आगजनी तथा तोडफोडमा संलग्न रहेको अभियोगमा बालाजु बस्ने नुवाकोटका १८ वर्षीय सुनिल कालिकोटे, बालाजु बस्ने नुवाकोटकै १८ वर्षीय सुदीप तामाङ र लोलाङ बस्ने नुवाकोट सूर्यगढीका १९ वर्षीय केशर राई पक्राउ परेका छन् ।

माछापोखरीका २२ वर्षीय रोमन नगरकोटी, माछापोखरीकै ३३ वर्षीय माधव शाही, जरङ्खु बस्ने सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, तारकेश्वर बस्ने धादिङका २६ वर्षीय इलराज गुरुङ, ढुंगेधारा बस्ने उदयपुरका २७ वर्षीय राजन राउत, सामाखुसी बस्ने काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, तारकेश्वर बस्ने धादिङका १८ वर्षीय विकास गुरुङ, डल्लु बस्ने चितवनका २७ वर्षीय संविधान परियार र तारकेश्वर बस्ने सामाखुसीका १९ वर्षीय कविन खड्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
 

यसअघि बुधबार तोडफोड र आगजनीमा संलग्न ६ तथा लुटपाटमा संलग्न चारजना पक्राउ परेका थिए ।

गत सोमबार यातायात मजुदरले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको बा.२झ १४४ नम्बरको स्कारपियो र बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गरी आगजनी गरेका थिए । सोही क्रममा केहीले ल्होत्से मलस्थित पसलबाट मोबाइल लुटपाट गरेका थिए ।

तोडफोड गरी पसलबाट विभिन्न कम्पनीका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायत करिब आठ करोड रुपैयाँबराबरको सामग्री लुटपाट भएको थियो ।