मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण ४ बिहीबार ११:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यती दुर्घटनामा मृतकको परिवारलाई नेपाल लाइफको दाबी भुक्तानी

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार ११:४०:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड एक लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखराकी बिमित संगीता शाहीको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाले बालाजु शाखामा आयोजित एक कार्यक्रममा मृतकले इच्छाइएको व्यक्ति आमा कोपिला घर्ती क्षेत्रीलाई भुक्तानी रकमको चेक हस्तान्तरण गरेको हो । 

संगीता शाहीले नेपाल लाइफ बालाजु शाखाबाट २०७९/०५/२९ मा ५० लाख रुपैयाँ बिमांक भएको जीवन सहारा बिमा योजना लिएको जनाइएको छ । उनकी आमालाई बिमांकबापतको रकमअन्तर्गत ५० लाख रुपैयाँ र दुर्घटना मृत्यु दाबीबापत ५० लाख रुपैयाँसहित जम्मा एक करोड एक लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको ०७९ पुस मसान्तसम्ममा एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ लगानी रहेको जनाइएको छ । त्यस्तै, जीवन बिमा कोष एक खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ । कम्पनीमा हाल दुई लाख १२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ताले देशभर रहेका एक सय ९७ कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।