
तपाईं कति लामो ट्रेकिङ गर्दै हुनुहुन्छ, त्यसका लागि आवश्यक सामान बोक्नुपर्छ । मौसमअनुसार आफूलाई चाहिन सक्ने सामान लान जरुरी हुन्छ । ट्रेकिङगरेको एक–दुई दिनमै ज्यान भारी हुने भएकाले सकभर अत्यावश्यक सामग्री मात्रै बोक्नुपर्छ । अनावश्यक सामान राखेर झोला भारी बनाउनुहुँदैन ।
ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडिलोसनलगायतका सामान अनिवार्य लानुपर्छ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने ‘डाउन ज्याकेट’ अनिवार्य बोक्नुपर्छ । चार–पाँच दिनका लागि ट्रेकिङ गर्दै हुनुहुन्छ भने धेरै ठूलो झोला आवश्यक पर्दैन ।
तर, १०–१२ दिनको ट्रेकिङगर्दै हुनुहुन्छ भने ३५ देखि ६० किलोसम्मको झोला आवश्यक पर्छ । कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट उपलब्ध हुँदैनन् । त्यसैले आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिसर्नुहुँदैन । सिटामोललगायत प्राथमिक औषधि बोक्नुपर्छ ।