
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । हिजो र आज दुई दिन काठमाडौंमा चलेको पहिलो महाधिवेशनबाट बाँस्कोटा अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
कार्यसमितिका अन्य पदाधिकारी पनि सर्वसम्मत रूपमै चयन भएका छन् । यसअघि अध्यक्षमा दाबी गरिरहेका मिलन पाण्डे र प्रकाशचन्द्र परियार उपाध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा विमला अधिकारी पनि छिन् ।
महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।