मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २६ बिहीबार १६:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १६:४o:oo

सेयर बजार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अंकले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अंकले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै सेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।

कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। यस्तै, ५८ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

कुल ५६ लाख ४८ हजार दुई सय १२ कित्ता सेयर रु. दुई अर्ब ६ करोड २० लाख ५८ हजार सात सय ४९ मूल्यमा कारोबार भएको छ। सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पुँजीकरण रु. ३१ खर्ब ४९ अर्ब ६५ करोड ४७ लाख ४४ हजार सात सय ४४ बराबर छ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु. पाँच करोड ८६ लाख ५४ हजार ६ सय ९६ बराबरको कारोबार भयो।

यस्तै, नबिल बैंक रु. पाँच करोड ७३ लाख ५५ हजार चार सय ८८, न्यादी ग्रुप पावर रु. पाँच करोड ३३ लख सात हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंक रु. चार करोड ८६ लाख १७ हजार आठ सय २० र रिडी पावर कम्पनी रु. चार करोड ४० लाख ५१ हजार एक सय १० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ। विजय लघुवित्त पाँच दशमलव ९२, जोशी हाइड्रोपावर पाँच दशमलव ६३, न्यादी हाइड्रोपावर पाँच दशमलव ३५ र इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३१ प्रतिशतले कमाएका छन्।

यस्तै, नबिल ब्यालेन्स फन्ड पाँच दशमलव ७५, गुराँस लघुवित्त चार दशमलव १६, लक्ष्मी उन्नति कोष तीन दशमलव ९३, आदर्श लघुवित्त तीन दशमलव ४९ र बिन नेपाल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६९ प्रतिशतले गुमाएका छन्।