१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २६ बिहीबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक नेपाली एक पर्यटक रणनीति बनाउन पर्यटनमन्त्रीलाई चेम्बरको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार ११:o९:oo

नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष आग्र्रह गरेको छ । मन्त्री किराँतीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौँ पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किराँतीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझावसमेत दिएको छ । उक्त अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए ।

‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ,’ उनले भने, ‘नेपालका महत्वपूर्ण पर्यटकीयस्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चारमाध्यमबाट प्रवद्र्धन गर्नुपर्छ, पर्यटनलाई  समृद्धिको मुख्य आधार बनाउन सकिन्छ ।’  सर्वोच्च शिखर सगरमाथा, पशुुपति, लुम्बिनीलगायतका क्षेत्रको अन्तर्राष्ट्रियस्तरमै प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । 

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याकलिस्टबाट हटाउनका लागि कूटनीतिक पहल गर्नसमेत अध्यक्ष मल्लले मन्त्री किराँतीसमक्ष आग्रह गरे । यसैगरी, नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब सुरु गर्नुपर्नेमा उनले जोड दिए । विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउनसमेत उनले सुझाव दिए ।

चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किराँतीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए । ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म निकै महँगो पर्ने गरेकाले नेपाल आकर्षक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण सुरु गरेको छु,’ उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक छ ।’