मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २४ मंगलबार ११:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गर्नुस् डन्डिफोरको उपचार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २४ मंगलबार ११:१२:००

डन्डिफोर जुनसुकै उमेरका मानिसमा पनि देखिन सक्छ । तर, विशेष गरी किशोरावस्थाका मानिसमा धेरै देखिन्छ । चिल्लो अनुहार भएका मानिसमा प्राकृतिक रूपमा डन्डिफोर आउने गर्छ । कतिपयमा वंशानुगत गुणका कारण पनि यो समस्या देखिन्छ । महिलामा महिनावारी हुँदा हर्मोनमा गडबडी भएर पनि डन्डिफोर आउन सक्छ । आमाको हर्मोनका कारण बच्चामा पनि डन्डिफोर आउन सक्छ, तर यो केही महिनामा आफैँ निको भएर जान्छ । धुलो–धुवाँका कारण छालामा फोहोर जम्यो भने पनि डन्डिफोरको समस्या देखिन सक्छ । 

डा. आयुष्मान घिमिरे, छालारोग विशेषज्ञ आवरण स्किन एन्ड हेयर क्लिनिक

कसरी बच्ने ? 
बिहान उठेपछि दैनिक फेसवासले अनुहार सफा गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसारको फेसवास क्रिम प्रयोग गर्नुपर्छ । चिल्लो अनुहारमा आयल कन्ट्रोल फेसवास तथा फेस स्कर्ब पनि प्रयोग गर्दा हुन्छ । बिहान घरबाहिर निस्कँदा सनब्लक क्रिम अनिवार्य लगाउनुपर्छ । सनब्लक क्रिमले घाम, धुवाँ, धुलो, रापबाट छालालाई जोगाउन मद्दत गर्छ । 

के गर्ने ? 
शरीरमा अत्यधिक डन्डिफोर आएमा स्किनथेरापी गर्नुपर्छ । यसका माध्यमबाट फोहोर निकालिन्छ । प्रायः डन्डिफोर चिल्लो छालामा देखिने भएकाले यसबाट जोगिन छालालाई ड्राई राख्न कोसिस गर्नुपर्छ । धेरै चिल्लो खानेकुरा खानुहुँदैन । कपालमा तेल हालेर लामो समयसम्म राख्नुहुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीन–चारपटक अनुहार धुनुपर्छ र छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । 

के नगर्ने ? 
अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डिफोर आउन सक्छ । डन्डिफोरले अनुहारमा दाग, धब्बा वा स–साना खोपिल्टा छाडेर जान सक्छ । त्यसैले अनुहारलाई लिएर धेरैले चिन्ता गरेको पाइन्छ । अनुहारमा डन्डिफोर आएपछि धेरैको त्यसलाई चलाउने र निचोर्ने बानी हुन्छ । यस्तो भुलेर पनि गर्नुहुँदैन । धुवाँ, धुलो, घामबाट बच्न सनब्लक क्रिम लगाउनुपर्छ । जथाभावी मेकअपको सामग्री प्रयोग गर्दा डन्डिफोर आउँछ । त्यसैले डन्डिफोरका लागि जथाभावी क्रिम प्रयोग गर्नुहुँदैन ।

केही प्राकृतिक उपाय
- महले डन्डिफोरलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तपाईंको अनुहारमा जुन ठाउँमा डन्डिफोर छ, त्यहाँ मह दल्नुहोस् । झन्डै १० मिनेटजति राखेर सफा पानीले धुनुहोस् ।  डन्डिफोरको समस्या कम भएर जान्छ । 
- केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ । त्यस्तै, मह र दही मिसाएर पनि लगाउन सक्नुहुन्छ । 
- पानी वा महमा कागती मिसाएर पनि लगाउन सकिन्छ । 
- गोलभेँडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ । गोलभेँडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाएर झन्डै आधा घन्टापछि सफा पानीले धुनुभयो भने  डन्डिफोर हराउँछ ।