Skip This
उच्च अंकले घट्यो नेप्से, सबै उपसमूहमा गिरावट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १६ सोमबार १५:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अंकले घट्यो नेप्से, सबै उपसमूहमा गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १५:२७:oo

सोमबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ४१.०१ अंकले घटेर दुई हजार एक सय २७.५२ विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स ७.३३, फ्लोट इन्डेक्स २.८६ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५९ अंकले घटेको छ ।

यस दिन दुई सय ५६ कम्पनीका ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ३० करोड २२ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन उपसमूह ३.६१ प्रतिशतले घट्दा फाइनान्स ३.४२ प्रतिशत, हाइड्रोपावर २.८९ प्रतिशत र निर्जीवन बिमा २.८५ प्रतिशतले घटेको छ । बाँकी उपसमूहको सूचकमा पनि एक प्रतिशतभन्दा धेरैले गिरावट आएको छ।

बजार उच्च अंकले घटे पनि आज दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।