१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १५ आइतबार १७:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अलैँचीको नेपाली रेसिपीसहितको ‘रेसिपी बुक' सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १७:o१:oo

वाह ! अलैँची अभियानले अलैँचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरूसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्।

पुस्तकमा सेकुवा, चिया र खिरजस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्। पुस्तकमा समावेश गरिएका रेसिपीहरू वाह अलैँची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरूबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। सो प्रतियोगितामा अलैँचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो, जसमा विराटनगर, सौराहा र काठमाडौंका होटेलहरूका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरू सहभागी थिए। प्रत्येक रेसिपीलाई काठमाडाैंका प्रोफेसनल सेफहरूको टोलीद्वारा चयन र परीक्षण गरिएको थियो ।

सन् २०२२ जुलाई महिनामा नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ को कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को-अपरेसन) को सहयोगमा होटेल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह अलैँची अभियान शुभारम्भ गरेको थियो। यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ।

अभियानले नेपाली घरपरिवारलाई अलैँचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ। हाल दोस्रो चरणमा रहेको वाह अलैँची अभियानले नेपाली बजार र घरघरमा अलैँचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइएकाे छ।