१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गृहमन्त्रीकाे कार्यभार ग्रहण गर्दै लामिछाने । तस्बिर : नयाँ पत्रिका अर्काइभ
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेको उपप्रधानमन्त्री एवं गृहमन्त्री पनि खारेज

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:३२:oo

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता कायम नरहेको ठहर गरेसँगै रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद पनि गएको छ । 

संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ । 

उनले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद बन्न योग्य नरहेको इजलासले ठहर गरेको हो । योसँगै उनी सांसद र उपप्रधानमन्त्री एवं गृहमन्त्री हुन अयोग्य भएका हुन् ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले यस्तो ठहर गरेको हो ।

लामिछाने गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा चिवतन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा नै निर्वाचन आयोगमा अयोग्यतासम्बन्धी उजुरी परेको थियो । तर, आयोगले प्रक्रियामा ढिलाइ गरी पछि परिणाम आइसकेको भन्दै तामेलीमा राखेको थियो । 

त्यसपछि लामिछानेसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए । 

ad
ad