मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ ९ सोमबार १२:४९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एससिटी र माछापुच्छ्रे बैंकबीच एससिटी युपिआई डेबिट कार्डका लागि सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ ९ सोमबार १२:४९:००

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र माछापुच्छ्रे बैंकबीच एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा एससिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् माछापुच्छ्रे बैंकका ग्राहकले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने दुवै कम्पनीको दाबी छ । साथै, एससिटी युपिआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पोस, ई–कमर्शजस्ता सेवा सजिलै लिन सक्नेछन् ।