Skip This
कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
रासस कराकस
२o८१ बैशाख २९ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

Read Time : < 1 मिनेट
रासस, कराकस
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:१८:oo

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहबीच आगामी महिना शान्तिवार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।

सरकारले यहाँका विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन)सँग शान्तिवार्ताका लागि पहल गरेको र आगामी महिना सो वार्ता हुने कोलम्बियाली सरकारले जनाएको छ । शनिबार यहाँको सो विद्राही समूह र सरकारी वार्ताटोलीबीच सो सहमति भएको बताइएको छ ।

यहाँको सरकारी वार्ताटोलीका प्रमुख ओटी प्याटिनोले सरकारी र विद्रोही समूहका वार्ताटोलीका सदस्यबीच शनिबार वार्ता भएको र सो वार्तामा आगामी महिना शान्तिवार्ता हुने जानकारी दिए ।

अब दोस्रो चरणमा वार्ता हुन लागेको भन्दै उनले यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने बताए । अबको वार्तामा सरकारी पक्ष पनि आशावादी भएको र दुवै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको उनको भनाइ छ ।

शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझदारी भएको र आगामी केही दिनमा नै युद्धविरामको सहमति हुने उनले बताए । यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्तिवार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ ।

ad
ad