१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाज दुर्घटनामा ज्यान गुमाएका आमा-छोराको एकसातापछि दाहसंस्कार

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

१ माघमा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका कञ्चनपुर महेन्द्रनगरका आमा–छोराको महाकाली नदीमा दाहसंस्कार गरिएको छ। 

जहाज दुर्घटनामा परी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकी सुष्मा पाण्डे(भट्ट) र उनका छोरा स्लक भट्टको महाकाली नदीमा दाहसंस्कार गरिएको हो। आइतबार देहान्त भएका आमाछोराको शनिबार महाकाली नदीमा अन्तेष्टि गरिएको परिवार स्रोतले जनाएको छ। 

मृतक आमाछोराको शव पोखराबाट काठमाडौंमा परीक्षण गरेर शुक्रबार मात्रै घर (महेन्द्रनगर) ल्याइएको थियो। शव अन्त्येष्टि यात्रामा हजारौँ मानिसको सहभागिता थियो। अकल्पनीय घटनाले भट्ट परिवारसहित आफन्त, इष्टमित्र विछिप्त भएका छन्। 

महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी धर्मपत्नी ५० वर्षीया सुष्मा पाण्डे(भट्ट) र कान्छा छोरा १६ वर्षीय स्लक भट्टको निधन भएको एकसातामा अन्त्येष्टि गरिएको छ। स्लक उच्चशिक्षा अध्ययनका लागि यसै वर्ष मात्रै काठमाडौं गएका थिए। उनीहरू आफन्तसँग भेटघाट गर्न पोखरा जान लागेका थिए। 

जहाज दुर्घटनामा चालक दलका चार सदस्यसहित ६८ यात्रु बोकेर काठमाडौंदेखि पोखराका लागि उडेको जहाज पोखराको सेतीखोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित ७२ यात्रुले ज्यान गुमाएका छन्।