१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनप्रतिनिधिलाई गिज्याउँदै जिल्लाकै गौरव मानिएको अलपत्र सभाहल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:४८:oo

जुम्लाकै गौरवको आयोजना मानिएको बहुउेद्देश्यीय सभाहल अहिले अलपत्र अवस्थामा छ। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष ०७१-७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालिएको थियो। 

झन्डै एक दशकअघि निर्माण कार्य थालिएको तत्कालीन जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन नसकी अलपत्र बनेको छ। आधा निर्माण भइसकेको भवन पूरा नहुँदा भौतिक संरचना भत्किन थालेका छन्। 

यो अलपत्र सभाहलले जनप्रतिनिधि र कर्मचारीलाई गिज्याउँदै आएको छ। तर, उनीहरू टसमस भएको पाइँदैन। २०७० सालको दोस्रो संविधान सभाका सभासददेखि ०७९ साल निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीले अलपत्र सभाहल निर्माण कार्य पहलको पाइँदैन। लामो समयदेखि सभाहल अलपत्र भए पनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न कार्यमा पहल नगरेको पुष्टि हुन्छ। 

‘हामीले जुम्लाका लागि धेरै विकास निर्माण कार्य गर्दै आयौँ,’ भन्दै हिँडेका सांसदहरू कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, समानुपातिक निर्वाचत पूर्वराज्यमन्त्री गोमा कुँवर, एमालेबाट समानुपातिक निर्वाचित बलबहादुर महत, नेमकिपाबाट समानुपातिक निर्वाचित डिल्लीप्रसाद काफ्लेले अलपत्र सभाहलको निर्माण कार्यमा ध्यान दिन सकेनन्।

सभाहलको निर्माण कार्य भने ०७१ साउन ४ गतेदेखि थालिएको हो। यो आयोजना ०७४ भदौ ६ गते सम्पन्न हुनुपर्ने थियो। सभाहल अलपत्र अवस्थामै थियो। ०७४ को चुनावमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तत्कालीन नेकपाबाट गजेन्द्रबहादुर महत निर्वाचित भए। संसदमा निकै गर्जिने सांसदका रूपमा चिनिएका महतको पालामा पनि अलपत्र सभाहलले गति लिन सकेन। 

विकासप्रेमी तथा ‘थिंक ट्यांक’ का रूपमा परिचित नरेश भण्डारी ०७४ सालको प्रदेश सभामा निर्वाचन क्षेत्र १बाट प्रत्यक्षतर्फ निर्वाचित भए र २ बाट तत्कालीन नेकपाका नेता पदम रोकाया निर्वाचित भए। समानुपातिकमा दीनबन्धु श्रेष्ठ निर्वाचित भए। उनीहरू तीनैजना प्रदेशका मन्त्रीसमेत भए। तर, लामो समयदेखि अलपत्र सभाहलले पूर्णता पाउन सकेन।

सभाहल अलपत्रै रहेको अवस्थामा ०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ राप्रपा युवा नेता ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र निर्वाचिन २ बाट एमाले युवा नेता टेकराज पछाई निर्वाचित भएका छन्। 

यस्तै, प्रतिनिधिसभा समानुपातिकमा कान्तिका सेजुवाल, विनिता कठायत र छिरिङ ल्यामु लामा निर्वाचित छन्। सेजुवाल चन्दननाथ नगरपालिकाकी मेयरसमेत भइसकेकी हुन्। 

निर्वाचन प्रचारप्रसारको वेलामा ‘केन्द्रका टाउके नेताको कठालो समात्छु भन्दै हिँडेका ज्ञानेन्द्र शाही निर्वाचित भएर संसदमा पुगेका छन्। ‘जुम्लाको विकास गर्दछौँ भन्दै शाही र पछाई प्रदेश संसदमा पुगेका छन्। उनीहरूको पहलमा झन्डै एक दशकदेखि अलपत्र परेको सभाहल निर्माण हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी नै छ। 

ad
ad