Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ ७ शनिबार १२:४४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाचौँ धनकुटा महोत्सव तथा औद्योगिक व्यापार मेला सुरु

Read Time : < 1 मिनेट
२०७९ माघ ७ शनिबार १२:४४:००

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाचौँ धनकुटा महोत्सव सुरु भएको छ । प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री राईले धनकुटाको गरिवी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । गत वर्षहरुमा आफू धनकुटाका जनताको आयश्रोत बढाउन लागिपरेको बताउँदै उनले अब पाँच बर्षमा जिल्लाको गरिवी घटाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत १ नम्बरको आर्थिक विकासको आधार’ भन्ने मूल नाराका साथ धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव माघ १६ गतेसम्म चल्नेछ । महोत्सवमा १८२ ओटा स्टल राखिएको छ । जसमध्ये १३५ वटा कृषि प्रदर्शनी र अरु व्यापारिक स्टल रहेका छन् ।