१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ६ शुक्रबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मलाई उपरखुट्टी लगाएर बस्ने छुट छैन : मन्त्री लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार १४:२९:oo

उपप्रधान तथा ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन्। 

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरू भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापमा सहयोग पुग्ने आशा गरेको बताए। 

सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाका फाइल घुमिराख्ने लालफित्तासाहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने उनले बताए। 

देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे।

उनले भने, ‘देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्छु, नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ, सरकारले सबै प्रकारको सुरक्षा गर्छ। सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ।’

मन्त्री लिङ्देनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए।  उनले विद्युतीय सामग्रीको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताए। विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्नेमा उनको जोड थियो। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी स्टल रहने बताइएको छ।