१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ माघ ५ बिहीबार १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ ग्राम खैरो हेरोइनसहित जमुनाह नाकाबाट एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १८:१३:oo

लागुऔषध खैरो हेरोइनसहित जमुनाह नाकाबाट एक युवक पक्राउ परेका छन् । भारतको बहराइचबाट ८ ग्राम खैरो हेरोइन ल्याउँदै गरेका घोराही उपमहानगरपालिका– १५ नयाँ बजारका १८ वर्षीय महेन्द्र बुढामगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका असइ कुलबहादुर विकले जानकारी दिए।

गोप्य सूचनाका आधारमा महेन्द्रले बोकेको खैरो रंगको झोला चेकजाँच गर्दा लागुऔषध फेला परेको उनले बताए। लागुऔषध अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेका उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको असइ विकले बताए।

भारतको बहराइचस्थित एक व्यक्तिसँग १८ हजार भारतीय रुपैयाँमा खरिद गरेर ल्याएको बयान पक्राउ परेका महेन्द्रले प्रहरीलाई दिएका छन्। उनले १० ग्राम भनेर ल्याएको बताए। ‘भारतीय १८ हजार रुपैयाँमा १० ग्राम खैरो हेरोइन भनेर किनेको हुँ,’ उनले भने।

उनले आफू कारोबारी नभई सेवनकर्ता भएको बयान दिएको प्रहरीले जनाएको छ। तर, उनी ओसारपसारमा समेत संलग्न भएको प्रहरीको आशंका छ।