Skip This
अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
रासस पेरिस
२o८१ बैशाख २९ शनिबार १७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

Read Time : < 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:२८:oo

सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले द्रुत गतिका रेल ठप्प पार्नुका साथै विद्युत् आपूर्ति रोकेर विरोधस्वरूप सडकमा पुगेका छन्।

देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोको परीक्षाको रूपमा हेरिएको छ। प्रस्तावित नयाँ नियमअनुसार निवृत्तिभरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ। अनिवार्य अवकाशमा जाने विद्यमान ६२ वर्षको उमेरलाई बढाएर ६४ वर्ष कायम गरिएको छ। 

फ्रान्समा वृद्धहरूको संख्या बढ्दै गएको तथा देशवासीको औसत आयु पनि वृद्धि भइरहेको छ। साथै, उनीहरूले राज्यबाट निवृत्तिभरण पनि प्राप्त गर्दै आएका छन्। राष्ट्रपति म्याक्रोले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताएका छन्।

कर्मचारी संघसंगठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन संघर्षबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन्। नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ।

ad
ad