१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन राज्यमन्त्री ठकुरीले लिइन् शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १७:३१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।  

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराएका हुन्। 

मंगलबार राज्यमन्त्री नियुक्त भएका ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सकेकी थिइनन्। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायतको उपस्थिति थियो।