Skip This
‘प्रतिपक्ष दलहरू’ मिलेर सभामुख र उपसभामुखमा लड्छौँ : प्रकाश ज्वाला
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘प्रतिपक्ष दलहरू’ मिलेर सभामुख र उपसभामुखमा लड्छौँ : प्रकाश ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १६:३१:oo

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले आफूहरू प्रतिपक्षमा भएको हुनाले सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताए। उनी आज कांग्रेसबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी ईश्वरी न्यौपानेकाे समर्थक हुन्।

उनले सरकारलाई गुण र दोषका आधारमा आफ्नो पार्टीले विरोध र समर्थन गर्ने गरी रचनात्मक भूमिका निर्वाह गर्ने बताए। नेता ज्वालाले केही सर्तसहित सरकारलाई विश्वासकाे मत दिएको उल्लेख गर्दै उनले भने, ‘हामी प्रतिपक्षको भूमिकामा छौँ। त्यहीअनुसार प्रतिपक्षका दल एक ठाउँमा उभिएर सभामुख र उपसभामुखमा मिलेर चुनाव लड्छौँ।’ 

उनले सरकारलाई १५ बुँदे किटानी सर्तसहित सरकारलाई समर्थन गरेको उल्लेख गरे। उपसभामुखबारे सभामुखको निर्वाचनपछि आफूहरूले छलफल गर्ने उनको भनाइ थियो।