मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
२०७९ माघ ४ बुधबार ११:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेन्ट्रल फाइनान्सको नगद लाभांश पारित

Read Time : < 1 मिनेट
२०७९ माघ ४ बुधबार ११:१४:००

सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको २६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले ६ जना सञ्चालक पनि निर्विरोध निर्वाचित गरेको जनाएको छ । सन्जोजमान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्याभूषणध्वज जोशी र प्रनेश बाटी सञ्चालकमा निर्विरोध निर्वाचित भएको जनाइएको छ । 

ललितपुरमा आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय तथा काठमाडौं शाखासहित काठमाडौंको चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीका बुटवल र भैरहवा, भक्तपुरको च्यामासिंह, महोत्तरीको बर्दिवास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको बिर्तामोड, पर्साको वीरगन्ज गरी १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको कम्पनीले जनाएको छ ।

संस्थाले छिट्टै नै मोरङको विराटनगर र रौतहटको चन्द्रपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको जनाएको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटिएम डेबिट कार्ड, चेक क्लियरिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, आरटिजिएस, मर्चेन्ट क्युआर पेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सिआस्बाजस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।