१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५७:oo

सर्वोच्च अदालतमा किन यति धेरै मुद्दा थुप्रिएका हुन् ?
छिमेकी भारतकै उदाहरण हेर्ने हो भने प्रायः मुद्दा हाई कोर्टबाटै टुंगिन्छन्, नेपालमा त्यस्तो छैन । यहाँ तल्ला अदालतमाथि जनताको विश्वास देखिँदैन । इजलासमा बहसको समय लम्बिएपछि स्वतः अन्य मुद्दाले समय पाउँदैनन् र थुप्रिँदै जान्छन् । मुद्दामा धेरै वकिल हुन्छन् र लामो बहस गर्छन् । जसबाट अन्य मुद्दा इजलासले हेर्नै भ्याउँदैन । अर्को, सर्वोच्चले जस्तो पनि मुद्दा लिइदिन्छ । सरकारका विभिन्न निर्णयले पनि मुद्दाको संख्या बढाएको छ । 

रिटको क्षेत्राधिकार व्यापक छ र प्रयोग पनि यति धेरै बढ्नुको कारण के हो ?
अहिले रिटको दुरुपयोग भइरहेको छ । हरेक कुरामा रिट लिएर जाने होइन, अन्य उपचारको व्यवस्था नभएमा मात्र लाने हो । अहिले रिट हल्का भएको छ । उच्च अदालतहरू उत्तिकै अधिकारसम्पन्न छन् । उच्चमा रिट जाने गरी उत्प्रेरित गर्नुपर्नेमा जुन विषय पनि सर्वोच्चले हेर्न थालेको छ ।  

सर्वोच्चमा बढ्दो रिटलाई निरुत्साहित कसरी गर्ने त ?
अहिले छाना बलियो जग कमजोर भएको घरजस्तो भएको छ न्यायालय । जिल्ला र उच्च तहका अदालतलाई बलियो बनाए सर्वोच्चमा मुद्दा र रिट थुप्रिँदैनन् । सातै प्रदेशका उच्च अदालतलाई बलियो बनाई त्यहाँ दक्ष र राम्रा न्यायाधीश ल्याए सर्वोच्चमा कमै मुद्दा आउँछन् । जिल्ला अदालतलाई बलियो बनाउनुका साथै मुद्दाको चाप हेरी फौजदारी र देवानी प्रकृतिका मुद्दाका लागि छुट्टै अदालत गठन गर्नुपर्ने हुन्छ । 

ad
ad