Skip This
प्रधानमन्त्रीको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Tuesday, 13 May, 2025
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १९:१९:oo

सत्तापक्षले संवैधानिक पदहरूको निर्वाचन सम्बन्धमा ल्याउने प्रस्तावहरूमा छलफल गर्न कांग्रेस तयार देखिएको छ। 

प्रधानमन्त्री प्रचण्डले आज बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले यस्तो बताएका हुन्। 

‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखजस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका भएकाले सत्तापक्षले ती पदका लागि अघि सार्ने प्रस्तावहरूमा छलफल गर्न कांग्रेस तयार छ,’ उनले भने। 

लेखकका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखजस्ता पदमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर धारणा राखेका थिए।
 
उनका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको हैसियतमा सहभागी भएको जानकारी गराएका थिए।