
दैलेखकी कराँते खेलाडी हेमा खड्काले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता– २०२३ को खुल्ला महिला सिनियर कातामा रजत पदक जितेकी छिन् ।
चौँथो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनका लागि उनी नेपालबाट सिनियर ईन्डिभिजुअल फिमेल कातामा सहभागी भएकी हुन् । बंगलादेशमा रहेकी खड्का कुमेतेकुमेते फाइटका लागि आज प्रतिस्पर्धा गर्ने तयारीमा छिन् ।
जन्मभूमि दैलेखमै बसेर उनी खेल क्षेत्रसँगै अन्य सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएकी छिन् । आफूले लामो समयसम्म खेल क्षेत्रमा गरेको मेहनतले थोरै भएपनि आफ्नो जन्मभूमि दैलेख र नेपालको पहिचान बढेको उनको प्रतिक्रिया दिएकी छिन् ।