१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीले आज सभामुख पाउने          

                                                                                                                               

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:o४:oo

गण्डकी प्रदेश सभाले आज शनिबार नयाँ सभामुख पाउने भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले प्रदेश सभाको सभामुखको निर्वाचनको लागि मिति तोक्ने र निर्वाचनको लागि कार्यक्रम प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिने निणर्य गरेको थियो । शुक्रबारको बैठक सम्पन्नपछि अर्को बैठक शनिबार दिउसो ३:०० बजेका लागि बाेलाइएको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफुहरुमध्येबाट प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो ।

बैठकको निणर्य पछि प्रदेश सभा सचिवालयले सभामुखको निर्वाचन शनिबार गर्ने गरि कार्यक्रम सार्वजनिक गरेको छ ।नेपालको संविधानको धारा १८२ को उपधारा (१) एवं गण्डकी प्रदेश, प्रदेश सभा नियमावली, २०७४ को नियम ७ को उपनियम (१) बमोजिम प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले  निर्वाचनको मिति र समय निर्धारण गरेका हुन ।

यस्तो छ निर्वाचन कार्यक्रम                                                                              
  -बिहान ११:०० बजेदेखि दिनको १:०० बजेसम्म ( प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सुचना दर्ता गर्ने ।

- दिनको १:३० बजे ( निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारीको सुचनाको दर्ता कम अनुसार सूची प्रकाशन गर्ने ।

- दिनको ३:०० बजे ( प्रदेश सभा नियमावली, २०७४ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने ।

-पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत नहुने, साथै एकमात्र प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा हुने

माओवादीका धिताल हुने निश्चित
गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रकातर्फबाट गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल हुने करिब निश्चित छ । एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती यसअघिनै भएको थियो ।

सभामुखको निर्वाचन कार्यक्रम घोषणासँगै आफ्नो भागमा परेको सभामुख पदमा कस्लाई पठाउने भनी शुक्रबारै संसदीय दलको बैठक समेत बसेको थियो । बैठकले धिताललाई उम्मेदवार बनाउने निणर्य गरेको दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

यसैगरि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस संसदीय दलको बैठक समेत शुक्रबार बसेको थियो । बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ । पाण्डेले शनिबार बिहानसम्ममा नाम टुंगाे लगाउने बताइएको छ ।६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद रहेका छन् ।

ad
ad