मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार १५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेगा क्यापिटलकाे लगानी व्यवस्थापन सेवा : अब स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १५:५४:oo

मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा (पिएमएस) अन्तर्गत ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा पर्न आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बिमा आबद्ध गरी नयाँ मेगा बिमा पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ। 

यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकूल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहनेछ। 

सबल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यस्ता प्रकारको आइपर्ने खर्चलाई बिमाद्वारा सुरक्षित गरेमा ढुक्कका साथ भविष्यका लागि लगानी रकम थप वृद्धि गरी अझै उज्ज्वल तथा समृद्ध भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। 

लगानीको आकारबमोजिम बिमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बिमा तथा स्वास्थ्य बिमा अन्तर्गत अस्पताल भर्ना खर्च बिमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ। उक्त सेवा न्यूनतम तीन लाख नगदबाट वा आफूसँग भएको उक्त रकमबराबरको सेयर दिएरसमेत प्रारम्भ गर्न सकिनेछ।