Skip This
अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष कैद सजाय
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Wednesday, 12 August, 2026
शिल्पा कर्ण काठमाडौं
२o७९ पौष २८ बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १८:oo:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ। साथै, जरिवाना पनि तोकिएको छ। 

विशेष स्रोतका अनुसार पाठकलाई तीन वर्ष कैद सुनाइएको हो। ‘उहाँलाई र अर्का प्रतिवादी लम्बोदर न्यौपानेलाई पनि उति नै सजाय र जनही ३९ लाख जरिवाना भराउने फैसला भएको हो। उहाँलाई भ्रष्टाचार त होइन, उद्योग गरेको भनेर पुष्टि भएको हो,’ ती अधिकारीले भने। 

पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो। 

तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो। उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाई दिने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोग उनीमाथि थियो ।