१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २७ बुधबार २०:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा ‘हिरा गिरी जेहनदार छात्रवृत्ति’ वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २७ बुधबार २०:०४:००

महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगन्ज पर्सामा कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहनदार छात्रवृत्ति प्रदान गरेको छ। 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरे। 

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार रुपैयाँबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ।