१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १९:४३:oo

सरकारले पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

प्रधानमन्त्रीलाई समर्थन गरेको दल राप्रपाले सरकारमा सहभागी हुन २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिई सार्वजनिक बिदा दिनुपर्ने माग राखेको थियो। 

सत्तासाझेदार दलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो। सो निर्णय कार्यान्वयन गर्दै आजको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।