गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
साेमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद दीपक मनाङसहितको समर्थनमा उनले मुख्यमन्त्री दाबी गरेका थिए।