१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको अधिवेशन सुरु, पहिलो बैठकमा दुई अध्यादेश पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:oo:oo

गण्डकी प्रदेश सभाको अधिवेशन सोमबारदेखि सुरु भएको छ। अधिवेशन सुरु भएसँगै सोमबार पहिलो बैठक सम्पन्न भएको छ।

ज्ञात–अज्ञात सहिदहरूप्रति मौनधारण गरी सुरु भएको बैठकमा प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। पत्र पढेपछि बस्यालले प्रदेश सभाको काम कारबाहीलाई नियमित गर्नको लागि गण्डकी प्रदेश, प्रदेश सभा नियमावली २०७४ लाई स्वीकार गरी बैठक सञ्चालन गर्नका लागि सभासमक्ष प्रस्ताव पेस गरेका थिए।

त्यसपछि बस्यालले प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापालाई नेपालको संविधानको धारा २०२ तथा प्रदेश सभा नियमावली ०७४ को उपनियम १ बमोजिम बैठकमा अध्यादेश पेस गर्न अनुमति दिएका थिए। मन्त्री थापाले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सभामा पेस गरेका थिए।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ७ असोज ०७९ मा यी दुई अध्यादेश जारी गरेको थियो। प्रदेश सरकारले जारी गरेको अध्यादेश सोही दिन प्रदेश प्रमुखले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रमाणीकरण गरी जारी गरेका थिए। प्रदेश प्रमुखले प्रमाणीकरणसँगै जारी गरेका दुई अध्यादेश सोही दिन प्रदेश राजपत्रमा प्रकाशित गरिएका थिए। प्रदेश सभाको अर्को बैठक २९ पुसमा बस्ने भएको छ।
 

ad
ad