१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पहिलो अन्तर्राष्ट्रिय गायन र नृत्य रियालिटी सो हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

विजेताले एक–एक करोड पुरस्कार पाउने 

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । मेरियोट होटेलमा आयोजित घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन सक्ने जानकारी आयोजकले दिएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुःखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’ 

यो सोमा सहभागी हुन चाहने विश्वभरका नेपालीभाषीले अनलाइन आवेदन दिन सक्नेछन् । दुवै सोहरूको आवेदन दिने मिति जनवरीको अन्तिम तारिख तोकिएको छ । कम्पनीका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । साथै, मेरो डान्स युनिभर्स’को निर्णायकमण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ । यी सोहरू एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले एक करोड पाउनेछन् । साथै, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’का विजेताले पनि एक करोड पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशहरूबाट पनि नेपालीभाषीको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।