१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ पौष ७ बिहीबार १२:१३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपथ्यको संगीतमा झुम्यो सुर्खेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १२:१३:oo

सुर्खेतको वीरेन्द्रनगरमा नेपथ्य ब्यान्डको सांगीतिक कार्यक्रममा सुर्खेतले मनोरञ्जन लिएको छ। बुधबार बेलुका नेपथ्यको सांगीतिक कार्यक्रममा हजारौँको उपस्थिति रहेको थियो।

‘मानवताका लागि संगीत’ अभियानका क्रममा ब्यान्डले सुर्खेतमा सातौँ प्रस्तुति गरेको हो। बेलुकी ६ बजेदेखि ८ बजेसम्म ब्यान्डका मुख्य गायक अमृत गुरुङले प्रस्तुति दिएका थिए। ‘आँगनैभरि’ गीतबाट सुरु गरेका गुरुङले ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’लगायतका गीत गाउँदा दर्शक निकै तातिएका थिए।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपथ्यले १५ वर्षपछि प्रस्तुति दिएको गायक गुरुङले बताए। ‘यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्यान्ड सुर्खेत आएको थियो।’ 

ब्यान्ड मानव सेवा आश्रमसँग मिलेर अहिले देशभर सांगीतिक यात्रामा निस्किएको गायक गुरुङले बताए। ‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरूलाई बाँच्ने आधार तयार पार्नुजत्तिको पवित्र कर्म अरू कुनै छैन,’ उनले भने, ‘पुन्य कमाउने हो भने आ–आफ्नो ठाउँबाट गच्छेअनुसारको दान गर्न आजैबाट सुरु गर्नुस्।’